२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गुल्मीमा जिप दुर्घटना हुँदा आठ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा आठ जना घाइते

995
Shares

गुल्मी – गुल्मीमा बुधबार जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सत्यवती गाउँपालिका-६ खैरेनीबाट जोहाङ्ग तर्फ जाँदै गरेको लु २ च ३९६० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा जिपका चालक ३३ वर्षीय रणबहादुर गैरे रहेका छन् । उनको टाउकोमा चोट लागेका कारण अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि पाल्पा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते हुने सबैको प्राथमिक स्वास्थ्यचौकी जोहाङ्गमा उपचार भइरहको प्रहरीले जनाएको छ । सामान्य घाइते हुनेमा ६० वर्षका तुल्सीराम ढकाल , २६ वर्षकी आशा विक, ७६ वर्षका लोकेन्द्र ढकाल, ७५ वर्षका जगननाथ ढकाल, ६२ वर्षका टोपराज ढकाल, २४ वर्षका राजु भण्डारी र ३ वर्षका विजय भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij