२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः पाठक नियुक्त

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः पाठक नियुक्त

1K
Shares

काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानकाे प्रशासकमा पुनः कविप्रसाद पाठक नियुक्त भएका छ्न् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई थप एक कार्यकालको लागि पुनर्नियुक्ति दिएको हो ।

गत जेठ ६ गते नै पहिलो कार्यकाल सकेर संस्थानबाट बिदा भएका पाठकलाई सरकारले ढिलै भएपनि पुनः नियुक्ति दिएको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले उनलाई कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा पुनर्नियुक्ति दिएको हो । बिचमा बजेटले गर्दा निर्णय गर्न ढिलो भएको हो ।

यसअघि ३ वर्षे कार्यकाल बिताएका पाठकले पुनः थप ३ वर्षसम्म संस्थानको प्रशासकको जिम्मेवारी सम्हाल्ने छन् । उनले आज(असार ९ गते) देखि नै आफ्नो दोश्रो कार्यकाल सम्हालेका छन् । यससँगै उनले आगामी २०८१ सालसम्म बीमा संस्थानमा प्रशासकको पदमा रहेर आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij