२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासन गर्न पायो अनुमति

मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासन गर्न पायो अनुमति

2K
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्त लि.वित्तीय संस्थालाई शेयर जारी गर्न अनुमति दिएको हो ।

बोर्डले मनकामना स्मार्ट लघुवित्तलाई प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तको आइपीओलाई आइआर डबल बी माइनस रेटिङ दिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापक तर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij