२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि उपत्यकामा निषेधाज्ञा थप खुकुलो, के-के खुल्छन् ?

आजदेखि उपत्यकामा निषेधाज्ञा थप खुकुलो, के-के खुल्छन् ?

1K
Shares
sf]/f]gf /f]usf ;+qmldtx? w]/} b]lvg yfn]kl5 g]kfn ;/sf/n] j};fv !^ b]lv @ xKtf ;Dd sf7df8f}+ pkTosfdf ns8fpg 3f]if0ff u/]kl5 ;'g;fg l;+xb/jf/jf6 eb|sfnL hfg] ;8s v08 . t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाडौं -उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए।

कोरोनाभाइरस संक्रमण कम हुँदै गइरहेको भन्दै निषेधाज्ञा थप खुकुलो पारिएको छ। असार १४ गतेसम्म हुने यस निषेधाज्ञामा सवारी साधनमा जोर/बिजोर प्रणाली लागु गरिएका छन् भने बारअनुसार पसल खोल्नका लागि निश्चित समय दिइएको छ।

मोटरसाइकल, ट्याक्सी पनि जोर-बिजोर लागु गरेर आजदेखि चलेका छन् भने सार्वजनिक सवारी साधन चल्न दिइएको छैन। आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ।

साथै सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकूद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न पाइने भएको छ।

खाद्यान्न, दूध, किताब पसल लगायतका बिहान ११ बजेसम्म मात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ। शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो-पालो गरी खुला गर्नुपर्ने निर्णय भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij