काठमाडौं – सोमबार नेपाली सेयर बजार परिसूचक नेप्सेमा ऐतिहासिक गिरावटको रेकर्ड ब्रेक भएको छ । गत आइतबार अधिकतम ६३.२८ अंकले घटेको नेप्से परिसूचक सोमबार एकैदिन थप ७१.०६ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको छ । यो हालसम्मकै उच्च गिरावट हो ।
तथापि, सेयर बजारमा उच्च गिरावट आइरहँदा यता कारोबार रकम भने झण्डै १२ अर्ब रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर एक लाख ३० हजार ३९७ पटक किनबेच हुँदा कुल ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँको कारोबार भएको छ । गत कारोबार दिन जस्तै यस दिन पनि नेप्से परिसूचकका सबै समूहहरु ऋणात्मक भएका छन् । आज फाइनान्स र हाइड्रोपावर समूहको शेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ ।
आज शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा पोखरा फाइनान्स, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, प्रोगेसिभ फाइनान्स र पञ्चकन्यामाइ हाइड्रोपावर रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij