२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अब सवारी साधनमा जोर-विजोर, पसल बार अनुसार खुल्ने

अब सवारी साधनमा जोर-विजोर, पसल बार अनुसार खुल्ने

1.3K
Shares

काठमाडौं –  निषेधाज्ञा केहि खुकुलो भएको छ । खुकुलो निषेधाज्ञा असार १४ गते सम्म लम्वाइएको छ । असार आठ गते देखी निजि सवारी साधन जोर विजोर नम्बरका आधारमा चल्न पाउने भएका छन ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ ।
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।
निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij