२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सूर्या लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ पवन खड्काले सम्हाले कार्यभार

सूर्या लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ पवन खड्काले सम्हाले कार्यभार

1.5K
Shares

काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) पवन कुमार खड्काले आज (असार १ गतेदेखि) कार्यभार सम्हालेका छन् । गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका खड्काले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् ।

समितिले स्वीकृति दिएसँगै जेठ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सो अवधिको लागि करारमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ खड्का यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij