२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रभु बैंकको ऋणपत्र बाँडफाँट

प्रभु बैंकको ऋणपत्र बाँडफाँट

960
Shares

काठमाडौं – प्रभु बैंकको ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले जेठ ११ गतेदेखि २६ गतेसम्म विक्री गरेको ४० लाख कित्ता ऋणपत्र विक्री गरेको थियो । उक्त अवधिसम्म रितवपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ३१ गते बैंकले ऋणपत्र बाँडफाँट गरेको हो ।

बैंकले कुल ४० लाख कित्ता ऋणपत्रमध्य २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गरेको हो भने १६ लाख कित्ताबाट २ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरी बाँकी बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो ।

प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी मेगा क्यापिटल मार्केट्स लिमिटेडले पुरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij