काठमाडौं – चिकित्सा शिक्षा आयोगले एमबीबीएस कार्यक्रमका लागि सिट तोकेको छ । चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले एबीबीएसका साथै बिडिएसलगायतका चिकित्सा शास्त्रका शैक्षिक कार्यक्रमको सिट तोकेको छ । एमबीबीएसतर्फ १ हजार ८३५ सिट तथा बीडीएसतर्फ ५५५ सिटमा विभिन्न मेडिकल कलेजलाई छुट्याएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ । जसमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २० पाएको छ ।
त्यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल कलेजले १०० सिट पाएको छ ।
एमबीबीएस पढाउनका लागि अधिकांश मेडिकल कलेजहरुले सय सिट पाएका छन् । जसमध्ये बिराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेशनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, महाराजगञ्ज मेडिकल क्याम्पस, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स, केयू स्कुल अफ मेडिकल कलेज, किष्ट मेडिकल कलेज, मणिपाल मेडिकल साइन्सेज, गण्डकी मेडिकल कलेज, नेपालगण्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, युनिसर्ल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज रहेका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij