२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

१० महिनामा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

१० महिनामा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

1.2K
Shares

काठमाडौं – चालु आर्थिक वर्षको १० महिनामा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गएको वर्षको पहिलो १० महिनाको तुलनामा १९ दशमलव दुई प्रतिशतले धेरै हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार अमेरिकी डलरमा पनि रेमिट्यानस १६ दशमलव एक प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, रेमिट्यान्स बढे पनि नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने घटेको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या
२.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरि, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो ।

तंथ्याक अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई ९०३ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij