२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से सुचक ४२.७२ अंकले बढ्यो, १८ अर्ब ८८ करोडको कारोबार

नेप्से सुचक ४२.७२ अंकले बढ्यो, १८ अर्ब ८८ करोडको कारोबार

1.1K
Shares

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार उच्च अंकको उछाल आएको छ । हिजो आइतबार नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा पुगेको थियो ।

आज नेप्से ४२.७२ अंकले बढेर तीन हजार २५ दशमलब ८३ विन्दुमा थामिएको छ । त्यस्तै, आज १८ अर्ब ८८ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज ङादी ग्रुप पावर, ओरियन्टल होटल, सिइडिबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, युनियन हाइड्रोपावर, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी, सोल्टी होटल र हिमालयन डिस्ट्रिलरी लिमिटेडको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij