२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न पाउने

आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न पाउने

1K
Shares

काठमाडौं –  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तय संस्थाहरुका लागि सोमबार नयाँ निर्देशन जारी गरेको छ । थपिएको निषेधाज्ञाका बेला स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन भनिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैंकले भनेको छ । सेवाग्राहीलाई पनि सकभर विद्युतीय माध्यमबाट कारोबारमा प्रोत्साहित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij