जनकपुरधाम – प्रदेश २ सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित भएको छ । नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको आइतबार मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि पारित भएको हो ।
नीति तथा कार्यक्रम पारित गराउन सत्तारुढ जनता समाजवादी पार्टीको संसदीय दलले ह्वीप लगाएको थियो ।
नीति तथा कार्यक्रममा शनिबार र आइतबार गरी २६ जनाले आफ्नो धारणा राखेका थिए । सांसदहरुको जिज्ञासालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष सशक्त बनाएर लैजाने प्रतिवद्धता जनाएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij