२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो

985
Shares

काठमाडौं- काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बसेको थियो । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । निषेधाज्ञा केही खुकुलो बनाइने भएको छ। विकास निर्माणका काम र कृषिका कामलाई केही सहज बनाइने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij