काठमाडौं [ सेयर कारोबार मापक नेप्से परिसूचक तीन हजार नजिक नजिक पुगेको छ । सातको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ ।
नेप्से परिसूचकसँगैै कारोबार रकममा समेत उल्लास देखिएको छ । ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार करम १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको छ ।
यस्तै, आज नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४.१५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४० मा झरेको छ ।
त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । यस कम्पनीको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij