२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित

बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित

685
Shares

काठमाडौं – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ । विहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार छलफल भएपछि पारित भएको हो ।

उक्त नीति तथा कार्यक्रममा विपक्ष सांसदहरुले पेश गरेको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसदमा पेश गरेको थिए ।

सभामुख श्रेष्ठले स्वीकृतिका लागि प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । नीति तथा कार्यक्रम स्वीकृत भएपछि बागमती प्रदेशसभा बैठक आगामी असार १ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij