२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न कोका –कोलाको सहयोग

अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न कोका –कोलाको सहयोग

675
Shares

कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ। यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्ये एक हो।

कोका–कोला फाउन्डेशनले सहयोग रकम नेपाल रेड व्रmस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता, फ्रन्टलाइन वर्कर जनशक्तिलाई प्रदान गरेको उल्लेख गरेको छ। यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु नहुने बताइएको छ।

प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डरसम्म केटर गर्न सक्ने कम्पनीले जनाएको छ। ‘हामी कोभिड–१९ को संकटबाट अझै पूर्ण रुपले मुक्त भएका छैनौँ। नेपालमा कोभिड–१९ का बिरामीहरुको लागि थप अक्सिजनको उपलब्धता सिजर्ना गर्ने व्रिmयसनको प्रयासलाई समर्थन गर्छौँ,’ कोका–कोला फाउन्डेशनका अध्यक्ष बीए पेरेजले भने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij