काठमाडौ- कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको आज बिहान निधन भएको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार केही दिनदेखि उनको उपचार चलिरहेको थियो ।
उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका थिए । करिब एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिन अघि सैनिक अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij