काठमाडौं- काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइनेछ ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार कारबाही गरिने जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij