२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

रामेछाप जेसिजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

रामेछाप जेसिजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

1.1K
Shares

मन्थली – स्वास्थ्य मापदण्डको पालना गरेर रामेछाप जेसिजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रामेछापको प्राबिधिक सहयोगमा आज मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समय तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसको कारणले देशभर गत अभाव भइरहेको र जिल्लामा पनि अभाव हुन सक्ने भन्दै जेसिज रामेछापले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

रामेछाप जेसिजले यसअघि पनि समय समयमा रक्त अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गर्दै आएको छ । त्यस्तै कोभिडको संक्रमणको समयमा फन्टलाइनमा बसेर काम गर्ने,पत्रकार,स्वास्थ्यकर्मी,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाइ स्वास्थ्य सुरक्षाको सामग्री समेत उपलब्ध गराएको रामेछाप जेसिजका अध्यक्ष जेसी जिबन कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij