२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से परिसूचक ६ अंकले घट्यो

नेप्से परिसूचक ६ अंकले घट्यो

1.2K
Shares

काठमाडौं – लगातार आफ्नै रेकर्ड ब्रेक गरेको सेयर बजारमा मंगलबार भने सामान्य करेक्सन आएको छ । मंगलबार नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ बिन्दुमा आइपुगेको छ । ०.२३ प्रतिशतले घटेको बजारमा ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २१९ कम्पनी कारोबारमा सामेल भए । मंगलबार ६ वटा समुहमा बढोत्तरी छ भने ७ वटा समुह ओरालो लागेको छ । ४ वटा समुहको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको छ । बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको हो ।

कारोबार रकमका आधारमा अरुण काबेली पावर कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ । अहिले जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । दोस्रो बढी कारोबार हुनेमा एसियन लाइफ इन्सुरेन्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij