२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

975
Shares

काठमाडौं – एनसेलले कोभिड १९ महामारीविरुद्ध लड्नका लागि शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्।

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थान भन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्घता जनाएको छ।
कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर हस्तान्तरण गरिने छन् ।

‘अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितिमा यी कन्सन्ट्रेटरले जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले महामारीको समयमा अमूल्य जीवन बचाउन सहयोग पुर्याउने हेतुले अस्पतालहरुलाई १५० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिने बताए। गत वर्ष सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कम्पनीले १० करोड रुपैयाँ योगदान गरेको थियो।

चोङ्ले भने ‘कोभिड प्रतिकार्य अन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि शुरु गरिसकेका छौं। यसले चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहुँ स्वास्थ्य परामर्श प्रदान गर्दछ।’
एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोन गरी कोरोनाभाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिन्छ।

सामाजिक पहल अन्तर्गत एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा गत वर्ष देखिनै कोरोभाइरसबाट बच्ने जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिबृद्घिका सन्देशहरु विभिन्न माध्यमहरुबाट प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij