काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मध्यराति प्रतिनिधि सभा विघटन गरिएको छ । राष्ट्रपति विधादेवी भण्डारीले कातिक २६ र मंसिङ ३ गतेका लागी दुई चरणको निर्वाचन घोषणा गरेकी छिन ।
संविधानको धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’
यस अघि प्रधानमन्त्रीमा दावी गरेका ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दावी नपुगेको निर्णय राष्ट्रपतिले गरेकी थिइन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij