२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

२४ घण्टामा थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि, १९० को मृत्यु

२४ घण्टामा थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि, १९० को मृत्यु

750
Shares

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार २२७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा २२ हजार ८७ जनाको नमूना परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार ६ हजार ५ सय ४३ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।

त्यस्तै यस अवधिमा १९० जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ। यस्तै, काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

काठमाडौंमा मात्रै २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij