२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल चेम्बरद्वारा तीन अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल चेम्बरद्वारा तीन अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

775
Shares

काठमाडौं – निजी व्यवसायीहरुको छाता संगठन नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीका विभिन्न स्थानका दई सरकारी अस्पताल सहित तीनवटा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चेम्बरले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, महाराजगञ्जका त्रिवि शिक्षण अस्पताल र गोंगबुस्थित राधा स्वामी अक्सिजन थेरापी आइसोलेशन सेन्टरलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

कोभिड–१९ को तिव्र संक्रमण र संक्रमितहरुको बढ्दो चापका बाबजुद चेम्बरले आवश्यक पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानिटाइजर तथा सिटामोल प्रदान गरेको जनाएको छ । चेम्बरको केन्द्रीय पदाधिकारीसहित गएको टोलीमा अध्यक्ष राजेन्द्र मल्लले उक्त सामग्री अस्पतालहरुलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि सरकारी तथा गैरसरकारी अस्पतालहरुलाई निरन्तर स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउँदै आएको चेम्बर आउने दिनहरुमा यस्तो सहयोग जारी राख्ने जनाएको छ । उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा चेम्बरका उपाध्यक्ष तथा नेपाल चेम्बर कोभिड व्यवस्थापन समितिका संयोजक व्यवसायी दीपककुमार मल्होत्रा, चेम्बरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij