काठमाडौं – रामेछाप जेसिजले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका बिच फन्टलाईन बसेर काम गरिरहेका जिल्ला स्थित नेपाल प्रहरी ,सशस्त्र प्रहरी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।
जेसिजले शनिबार स्वास्थ्य सुरक्षा सामग्रीका रुपमा ३८ सय थान मास्क र ४० लिटर सेनिटाइजर उपलब्ध गराएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानालाई २ हजार थान मास्क र २० लिटर सेनिटनइजर उपलब्ध गराएको छन् । त्यसैगरी सशस्त्र प्रहरी बल गुल्म रामेछापका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेललाई ८ सय थान मास्क र १० लिटर सेनिटाइजर उपलब्ध गराएको छ भने नेपाल पत्रकार महासंघ रामेछापलाई ८ सय थान मास्क र १० लिटर सेनिटाइजर महासंघको कार्यालयमा उपलब्ध गराएको छ । यसैगरी ट्राफिक प्रहरीलाई २ सय थान मास्क उपलब्ध गराएको जेसिज रामेछापले जनाएको छ ।

जिल्लामा कोरोना महामारीमा आफ्नो स्वास्थ्यलाइ जोखिममा राखेर फन्टलाइनमा बसेर काम गर्ने सुरक्षाकर्मी र संचारकर्मीलार्इ स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै काम गर्न सहयोग पर्याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको जेसिज रामेछापका अध्यक्ष जेसी जीवन कार्कीले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij