काठमाडौं – विश्वव्यापी महामारीको दोस्रो लहरको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण संक्रमितहरुको संख्यामा दिनानुदिन बृद्धि भईरहेको सर्वबिदितै छ । यस असहज परिस्थितिमा नेपाल धितोपत्र बोर्डबाट मिति २०७८-०१-३० गतेको पत्र बमोजिम सम्पूर्ण मर्चेण्ट बैंकरहरुले आफ्ना ग्रहकहरुलाई अनलाईन मार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पुर्ण सेवाहरु हाललाई स्थगित गरिएको जनाएको छ ।
नेपाल सरकारले अत्यावश्यक कार्य बाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागु गरेको अवस्थामा मर्चेण्ट बैंकरहरुलाई समेत नेपाल धितोपत्र बोर्डबाट सिष्टम संचालनको लागि कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउने गरि धयचप ाचयm जयmभ मार्फत कार्य संचालन गर्नु पर्ने निर्देशन प्राप्त भएको हुँदा ग्राहकवर्ग तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधीभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहक वर्गमा नेपाल मर्चेण्ट बैंकर एशोसियसनले अनुरोध गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij