२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आरएमडिसी लघुवित्तको ४ लाख ५५ हजारभन्दा बढी संस्थापक शेयर लिलामीमा

आरएमडिसी लघुवित्तको ४ लाख ५५ हजारभन्दा बढी संस्थापक शेयर लिलामीमा

700
Shares

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर कार्यालय समयपछि प्रतिकित्ता रू. ४१६ मूल्यमा लिलामीमा विक्री खुला गर्न लागेको हो । यो शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १३ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

यो शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij