२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनकपुरमा कोरोना संक्रमणबाट व्यवसायीको मृत्यु

जनकपुरमा कोरोना संक्रमणबाट व्यवसायीको मृत्यु

610
Shares

जनकपुर – जनकपुरधामका एक व्यवसायीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपाल एग्रोभेट सेन्टरका सञ्चालक ५८ वर्षीय धर्मनाथ साहको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि जनकपुरधामस्थित काव्या हस्पिटलमा उपचारका लागि उनलाई भर्ना गरिएको थियो । तर यहाँ उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी हस्पिटल लगिएको थियो ।

उनको उपचारकै क्रममा बिहीबार मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनलाई ३ दिनदेखि हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij