२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

1K
Shares

काठमाडौं – बिहीबारको नेप्से परिसूचक १२.४७ अंकले घटेर २६३७.१३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले घटेको हो ।बुधबारको तुलनामा परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । बिहीबारको बजारमा कूल २१६ कम्पनीको ६ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जनु अघिल्लो दिनको तुलनामा ६० करोड रुपैयाँ बढी हो । अघिल्लो दिन अर्थात बुधबारको बजारमा ६ अर्ब २१ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको थियो ।

जसमध्ये हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ५२५ रुपैयाँमा भएको थियो । त्यस्तै, दोश्रोमा एनसीसी बैंकको ४२ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ ।

बिहीबार बैंकिङ्ग, फाइनान्स र इन्भेष्टमेन्ट समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । दोहोरो अंकले घटेको बजारमा पनि अधिकांश कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र खानी खोला हाइड्रोपावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, महिला लघुवित्तको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता ५०३० रुपैयाँ पुगेको छ ।

बिहीबार सबैभन्दा बढी बिशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ७४६ रुपैयाँले घटेर प्रतिकित्ता ६७१६ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij