२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण

जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण

1.1K
Shares

काठमाडौं – बुधबार (बैशाख २२) नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा आइपुगेको छ । आज ६ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ४८ लाख ६७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । आज ४ समूहको सूचक वृद्धि भएको छ भने बाँकी समुहको सूचक घटेको छ ।

दुईवटा कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिले बढेको छ । सेयर मूल्य १० प्रतिशतले बृद्धि हुने कम्पनीमा रैर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ ।
खरिदबिक्री रकममा २३ करोड ६९ लाख रुपैयाँभन्दा बढी सहित प्रभु इन्स्योरेन्सको संस्थापक सेयर सबैभन्दा बढीको कारोबार भएको छ । दोस्रो र तेस्रोमा एनआइसी एसिया लघुवित्त र एनसीसी बैंक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij