काठमाडौं – समाजसेवी ज्ञानबहादुर थापाको निधन भएको छ। ८४ वर्षीय थापाको काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा ६ च्यासिन्डोल स्थित निवासमा बैशाख १८ गते शनिवार साझँ निधन भएको उहाँको नाति महेश थापाले जानकारी दिए। समाजसेवी थापा नुवाकोटको तत्कालीन समुन्द्रादेबी गाबिसको पुर्व वडा अध्यक्ष रहेका थिए । उहाँले सेनाको अवकाश जीवन समाजसेवामा लगाउनु भएको थियो । शनिबार नै पशुपति आर्यघाटमा उहाँको अन्त्यस्टी गरिएको महेश थापाले जानकारी दिए । उहाँ लामो समयदेखी दमको रोगी हुनुहुन्थ्यो । उहाँ आर्थिक अनलाइन अर्थ नेपाल डट कमका अध्यक्ष एंव प्रधान सम्पादक मनोज थापा, प्रबन्ध निर्देशक महेश थापा, निर्देशक सीता सापकोटा र उप-सम्पादक मनिषा थापाको हजुरबुबा हुनुहुन्थ्यो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij