२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आईएमई लघुवित्तको सीईओमा जोशी नियुक्त

ग्लोबल आईएमई लघुवित्तको सीईओमा जोशी नियुक्त

2.2K
Shares

काठमाडौं – ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनीको सीईओमा जोशीलाई नियुक्त गरेको हो ।

बैठकले बैशाख १५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ जाेशीले २०७७ पुस १६ गतेदेखि कामु सीईआको पदभार सम्हालेका थिए । त्यस्तै, कामु सीईओको पदभार सम्हाल्नु अघि जोशी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij