२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिसिआर परीक्षण गर्दा तोकिएभन्दा बढी शुल्क नलिनू – स्वास्थ्य मन्त्रालय

पिसिआर परीक्षण गर्दा तोकिएभन्दा बढी शुल्क नलिनू – स्वास्थ्य मन्त्रालय

930
Shares

काठमाडौं – कोरोना भाइरसको संक्रमणको पहिचानका लागि गरिने पिसिआर परीक्षणको शुल्क बढी नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले अनुरोध गरेको छ। मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै तोकिएको शुल्कभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको हो।

स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले एक हजार र निजी प्रयोगशालाले दुई हजार रुपैयाँ शुल्क तोकेको छ। तर निजी प्रयोगशालाले संक्रमण रोकथामको नाममा थप शुल्क लिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij