काठमाडौं – मन्त्रिपरिषदले कोरोना नियन्त्रणका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस गरेको कुराहरूलाई केही परिमार्जन गर्दै पारित गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको गरेको छ ।
कोरोना रोकथामका विषयमा केन्द्रित आजको बैठकले सीसीएमसीले वैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि यसअघि वैशाख ६ गते सरकारले गरेको निर्णय अनुसार आवश्यक स्वास्थ्य मापदण्ड अपनारए सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।
यस्तै आजको बैठकले बैठकले २०० संक्रमित नाघेका पहाडी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसीलाई) अधिकार दिने निर्णयसमेत गरेको छ।
यस्तै ५०० संक्रमित नाघेका सहरी जिल्लामा निषेधाज्ञा जारी गर्ने विषयमा आवश्यक निर्णय लिन डीसीसीएमसीलाई अधिकार दिइएको छ।
यसैबीच आगामी १६ गतेबाट काठमाडौं उपत्यकाकामा निशेषाज्ञा जारी भइरहेको छ। बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा जारी छ।
यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रि सीमा नाकमा कडाइ गर्ने, स्वदेश आएका विदेशी नागरिकलाई पिसिआर पोजेटिभ भएको रिपोर्ट र १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको छ। विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय गरेको छ।
यस्तै सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोनाको दोस्रो प्रकोप भयावह बन्दै गएको भन्दै आगामी १६ गतेदेखि अनिश्चितकालसम्मका लागि मुलुकभरका शैक्षिक संस्था बन्द राख्ने, सबै तहका परीक्षा रोक्ने र पठनपाठन भर्चुअल विधिबाट मात्र गर्न निर्देशन दिने निर्णय गरेको हो।
यस्तै सीमा नाकालाई पनि व्यवस्थित गर्ने, आवागमन रोक्नुपर्ने ठाउँमा स्थानीय प्रशासनलाई नै त्यसको अख्तियारी दिने, हेल्थ डेस्कलाई व्यवस्थित बनाउने आदि निर्णय भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij