२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंमा मास्क नलगाउने १३२५ माथि कारबाही

काठमाडौंमा मास्क नलगाउने १३२५ माथि कारबाही

920
Shares

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९) संक्रमण फैलिँदै गर्दा काठमाडौंमा मास्क नलागाइ हिँड्नेमाथि कारबाही थालिएको छ । सोमबार मात्रै प्रहरीले मास्क नलगाउने १३२५ जनालाई नियन्त्रणमा लिएर केहीबेर होल्डमा राखेर सम्झाइबुझाइ छाडेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी काठमाडौमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोमबार बिहान मास्क नलगाई हिँड्ने ३२२ महिला र १००३ पुरुष गरी १३२५ जनालाई केही समय होल्ड गरी सम्झाइबुझाइ गरेर छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij