२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइबीएल समृद्धि फण्ड-२ को आजदेखि विक्री शुरु

एनआइबीएल समृद्धि फण्ड-२ को आजदेखि विक्री शुरु

830
Shares

काठमाडौं – एनआइबीएल एस क्यापिटलको दोस्रो म्युचुअल फण्ड स्किम ‘एनआइबीएल समृद्धि फन्ड–२’ को १२ करोड इकाई वैशाख १३ गते(आज)देखि विक्री खुला भएको छ । एनआइबीएल समृद्धि फन्ड–२’ १ अर्ब २० करोड बराबरको कुल इकाईमध्ये १० लाख इकाई बीज पुँजी वापत कोष व्यवस्थापक एनआइबीएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई छुट्याइएको छ । बाँकी ९ करोड ६० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । एनआइबीएल समृद्धि फन्ड–२ मा वैशाख १६ गतेसम्म आवेदन दिन सकिने विक्री प्रबन्धकले जनाएको छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भने वैशाख २७ गतेसम्म भर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij