२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैशाख २१ गतेदेखि मध्य भोटेकोशीको ६० करोडको आईपीओ आउँदै

बैशाख २१ गतेदेखि मध्य भोटेकोशीको ६० करोडको आईपीओ आउँदै

980
Shares

काठमाडौं– मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
धितोपत्र बोर्डबाट १ अर्ब ५० करोडको शेयर जारी गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको शेयर जारी गर्न लागेको हो ।  बाँकी ९० लाख कित्ता भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ। उक्त आइपीओ निष्काशन छिटोमा जेठ ४ बन्द हनेछ भने ढिलोमा जेठ २० गतेसम्म खुला रहनेछ ।
कुल निष्काशनमा आउने शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं.१ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँड गरिने जनाइएको छ ।
यसैगरी बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्टाइएको छ ।

कहाँबाट दिन सकिन्छ आवेदन ?

स्थानीयका लागि जारी हुने शेयर खरीदका लागि ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक जिल्लामा रहेका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ४०० कित्तासम्मका लागि आवेदन पाउने व्यवस्था छ ।

मध्य भोटेकाशीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ । यो रेटिङ प्राप्त संस्थाले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij