२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको खुद नाफा बढ्यो

कुमारी बैंकको खुद नाफा बढ्यो

710
Shares

काठमाडौं– कुमारी बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा खुद नाफा ७८ प्रतिशत भन्दा धेरैले बढेको छ । यो अवधिमा बैंकको ब्याज खर्च नबढेपछि समग्र नाफा बढेको हो ।
चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशतले धेरै हो । गत आवको चैतसम्ममा बैंकले एक अर्ब एक करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासम्मको तुलनामा बैंकले चालु आवमा ब्याज आम्दानी, फि एण्ड कसिमन तथा ट्रेडिङबाट हुने आम्दानीमा समेत सुधार गरेको छ । बैंकको गत वर्षको सोही अवधिको तुलनामा खर्च बढेको भएपनि त्यसले बैंकको वृद्धिलाई असर गरेको देखिँदैन । चालु आवको चैतसम्ममा बैंकको सबैभन्दा धेरै करिब ५० करोडले कर्मचारी खर्च बढेको छ ।
बैंक चालु आवको चैतसम्ममा ९ अर्ब ४९ करोड ३१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७ अर्ब ९० करोड ७९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकले १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोडरुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चालु आवको चैसम्ममा बैंकले ५ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५ अर्ब १५ करोड ५२ लाख रुपैयाँ ब्याज खर्च गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ९८ करोड ४६ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी रहेको १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७.३७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १४.१३ रुपैयाँ रहेको थियो ।

चालु आवको चैमसान्तसम्ममा बैंकको सञ्चित कोषमा ३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकका प्रतिशेयर किताबी मुल्य १३५.४९ रुपैयाँ पुगेको छ । बैंकको पूँजीकोष अनुपात १३.९८ प्रतिशत रहेको छ भने खराब कर्जा अनुपात १ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर मूल्य आम्दानी अनुपात १८.८८ गुणारहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij