काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी तोलाको १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ, तेजावी ९० हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३१० रुपैयाँ तोकिएको छ ।
शुक्रबार नेपाली बजारमा छापावाला सुन तोलाको ९१ हजार ७०० रुपैयाँ, तेजावी ९१ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij