२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पर्साको ठोरीको जङ्गलमा पाटेबाघ मृत फेला

पर्साको ठोरीको जङ्गलमा पाटेबाघ मृत फेला

1.1K
Shares

काठमाडौं -पर्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ । ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका थिए ।

मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताए । बाघको मृत्युको कारण भने खुलीनसकेको उनले जानकारी दिए । सोही सामुदायिक वन क्षेत्रमा गत बिहीबार बाघको आक्रमणमा परी एक जना स्थानीय घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij