२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समता लघुवित्तको खुद नाफा बढ्यो

समता लघुवित्तको खुद नाफा बढ्यो

1K
Shares

काठमाडौं – समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको छ।

लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५.०३ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६१.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.०३ प्रतिशत बढेको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २३ रुपैयाँ ६१ पैसा रहेको यस लघुवित्तको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १४ रुपैयाँ ९७ पैसा बढेर ३८ रुपैयाँ ५८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ३५.६६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ७३.४४ प्रतिशत, निक्षेप २९.४४ प्रतिशत र कर्जा ३५.३२ प्रतिशत बढेको छ। कर्जा लगानीसँगै लघुवित्तको निष्क्रिय कर्जा पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो कर्जा १.६४ प्रतिशतविन्दु बढेर ३.७५ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij