काठमाडौं – राजस्व अनुसन्धान विभागले २ अर्ब १९ करोड ८७ लाख भन्दा बढीको विगो दाबी सहित १३ फर्मका १६ संचालक विरुद्ध मुद्दा दायर गरेको छ । झुट्टा तथा नक्कली बिल प्रयोग गरी राजस्व ठगी गर्ने १३ फर्मका १६ संचालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको हो ।
राजस्व छली गर्नेहरुमा अनिल गुप्ता, अनिल कुमार गुप्ता, प्रविण कुमार महतो, अभिमन महतो कोइरी, अकली हजरा दुसाद, मुअन महरा, रामचन्द्र माझी, भुलावन महरा चमार, दिपक कुमार कायस्थ,ओकिल देवान, सरोज श्रेष्ठ, संजय श्रेष्ठ, बाणेश्वर महतो, सरोज ढकाल, राधेश्याम प्रसाद साह तेली, रत्न गोपाल श्रेष्ठले रावस्व ठगीको भन्दै विभागले मुद्दा दर्ता गरेको हो।
१३ फर्मका संचालकहरुले नक्कली बिल प्रयोग गरी मुल्य अभिवृद्धि कर तर्फ ६४ करोड ५० लाख ९७ हजार ८७२ रुपैयाँ र आय कर तर्फ १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ४४२ रुपैयाँ राजस्व चुहावट गरेको भनि विभागले मुद्दा दायर गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij