२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकद्वारा नुवाकोटको बेलकोटगढीमा शाखा विस्तार

प्रभु बैंकद्वारा नुवाकोटको बेलकोटगढीमा शाखा विस्तार

1.3K
Shares

काठमाडौं – प्रभु बैंक लिमिटेडले नुवाकोटको बेलकोटगढीमा शाखा विस्तार गरेको छ । बैंकका अनुसार देशव्यापीरूपमा वित्तीय पहुँच विस्तार गर्ने क्रममा बेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित महादेवफाँटमा दुई सय १४औँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार महादेवफाँट शाखा कार्यालयको उद्घाटन प्रमुख अतिथि वाग्मती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरेका थिए । उक्त कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेले बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दे बैंकिङ पहुँच नपुगेको ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij