२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण, ५ को मुत्यु

२४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण, ५ को मुत्यु

800
Shares

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट २३ सय ६५ र एन्टीजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै काठमाडौँ उपत्यकामा १ हजार ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै मोरङमा ११३ जना, सुनसरीमा ३६ जना, पर्सामा ७९ जना, काभ्रेपलाञ्चोकमा १७ जना, चितवनमा २२ जना, नुवाकोटमा १२ जना, मकवानपुरमा ३० जना, कास्कीमा ३१ जना, स्याङ्जामा १४ जना, कपिलवस्तुमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै गुम्मीमा १० जना, दाङमा २३ जना, पाल्पामा ४२ जना, बर्दियामा ३१ जना, रूपन्देहीमा १२५ जना, कञ्‍चनपुरमा ३७ जना र कैलालीमा ७३ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना संक्रिय कोरोना संक्रमित रहेका छन् । यससँगै हाल देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । बिहीबार मात्रै २५२ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij