२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

770
Shares

काठमाडौं – यो साताको अन्तिम दिनको शेयर बजार परिसूचक नेप्से १५.८० अंकले बढेर २६४८ बिन्दुमा उक्लिएको छ। होटल्स र म्युचूअल फण्ड समूह बाहेकका सबै समूहमा सुधार आएको बजारमा आधा दर्जन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

यसदिन बिशाल बजार कम्पनी, सिन्धु विकास बैंक, ज्योति लाइफ, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै हिमालयन ऊर्जा विकास, पञ्चकन्या माइ हाइड्रो, मञ्जुश्री फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र चन्द्रागिरी हिल्स लगायतको शेयरमूल्य उच्चदरले घटेको छ ।

२१४ कम्पनीको एक करोड ३० लाख कित्ता शेयर ५ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएका छन्। नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सबैभन्दा धेरै ६२ करोड रुपैयाँको बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij