२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई पेको नयाँ अफरः नयाँ एप प्रयोगकर्तालाई १ सयमा १ सय नै बोनस

आइएमई पेको नयाँ अफरः नयाँ एप प्रयोगकर्तालाई १ सयमा १ सय नै बोनस

1.2K
Shares

काठमाडौं – आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृह प्रवेश अफर अन्तर्गत १ सयमा १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाईसी) फारम भरी कुनै न कुनै माध्यमबाट आइएमई पे वालेटमा १ सय जम्मा गर्नु पर्नेछ । जसमा १ सय नै बोनस रकम तत्काल प्राप्त गर्न सकिने आइएमईले जनाएको छ । यसका लागि केवाईसी फारम भेरिफाइड हुनुपर्नेछ ।

यसरी ‘आइएमई पे’ मा मौज्दात हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसिबसी आफ्नै मोबाइलबाट गर्नु सकिनेछ ।

यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सकिन्छ । यो योजना अप्रिल २१ देखि मे २१ सम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij