काठमाडौं – सनराइज बैंक लिमिटेडले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका ६, ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नगरपालिका ११, बनौली, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो दुुुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ ।
मंगलबार बैशाख ७ गते आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम खड्क नगरपालिका ११ का वडा अध्यक्ष राम कृष्ण चौधरी र प्रदेश प्रमुख रोहित कुमार महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसै गरी बैशाख ४ गते शनिबार आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रममा महाङ्काल गाउँपालिका ६ का वडा सचिव इश्वरा पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ग्राहकहरmले ए.टि.एम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७६ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij