२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामसङका टिभी,रेफ्रिजेनेरेटर र वासिङ मेशिनमा ३५ प्रतिशतसम्म छुट

सामसङका टिभी,रेफ्रिजेनेरेटर र वासिङ मेशिनमा ३५ प्रतिशतसम्म छुट

765
Shares

काठमाडौं – सामसङ नेपालले आफ्ना इलोक्ट्रोनिक्स सामग्री खरिदमा ३५ प्रतिशतसम्म छुट दिने भएको छ। नयाँ वर्ष २०७८ को अवसरमा सामसङ नेपालले टेलिभिजन, रेफ्रिजेनेरेटर र वासिङ मसिन खरिद गर्ने उपभोक्तालाई उक्त छुट दिने घोषणा गरेको छ।
‘सुरुवात नयाँ उत्साहको’ योजना अन्तर्गत कम्पनीले यस्तो छुट दिने घोषणा गरेको हो। सामसङले नेपाली बजारमा क्युएलइडी फोरके,फोरके युएचडी, फुल एचडी/एचडी स्मार्ट टिभी उपलब्ध गराइरहेको छ।

सामसङका रेफ्रिजेनेरेटर सेग्मेन्टमा पनि आधुनिक प्रविधियुक्त उत्पादन नेपाली बजारमा ल्याएको छ। कर्ड मेइस्ट्रो विशेषता भएको रेफ्रिजेनेरेटर नेपाली बजारमा ल्याएको छ। साइड वाइ साइड,डबल/सिंगल डोर भएका रेफ्रिजेनेरेटरहरु रहेका छन्। यो योजना सामसङले आफ्ना सेमी अटोमेटिक, टप तथा फ्रन्ट लोड वासर तथा ड्रायरमा पनि लागू हुने जानकारी दिएको छ।

यो योजना चैत १९ देखि २०७८ को जेठ ११ सम्म कायम हुने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij