काठमाडौं – लन्डन वियर प्रतियोगितामा अर्ना वियर विजयी बनेको छ। गत मार्च १७ मा लन्डनमा आयोजित ‘लन्डन वियर कम्पिटिसन २०२१’ मा अर्ना (८) तथा अर्ना लाइट वियर विजयी बनेको हो।
उक्त कम्पनीले क्रमशः रजत र पदक पाउन सफल भएको छ। जुन विश्व वियर उद्योगमा उच्च मान्यता प्राप्त प्रतियोगिता हो। यति ब्रुअरी प्रालीले तीनवटा फरक–फरक विधामा उच्च अंक पाएर विशिष्ट श्रेणीको अवार्ड जितेको हो।
अर्ना वियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कम्पनील बताएको छ। कम्पनीका अनुसार अर्ना वियर अन्तर्राष्ट्रिय वियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij